वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता गराएकामध्ये मुगुका चार महिला सदस्य निर्विरोध निर्वाचित भएका छ्न्। नेपाली कांग्रेसबाट दुई, नेकपा (एमाले)बाट एक र नेकपा (एकीकृत समाजबादी)बाट एकजना निर्विरोध निर्वाचित भएका हुन्।
मुगम कार्मारोङ गाउँपालिका–३ की कार्मा लाजुङ गुरुङ लामा (कांग्रेस), छायानाथ रारा नगरपालिका–८ की रन्कुमाली रावल (एमाले), सोरु गाउँपालिका–५ की गंगादेवी शाही (कांग्रेस) र सोरुको वडा नम्बर ५ कै शान्ती दमाई (एकीकृत समाजवादी) महिला सदस्यमा निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बडुवालले जानकारी दिए।
शुक्रबार निर्वाचन कार्यालयले चारैजना सदस्यलाई स्थानीय निर्वाचन ऐनको दफा २५ बमोजिम निर्विरोध निर्वाचित घोषणा गरिसकेको छ।