उदयपुरमा एमाले र माओवादीबाट एक एक जना वडा सदस्य निर्विरोध

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

उदयपुरमा एमाले र माओवादी केन्द्रबाट एक/एकजना गरी दुई जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । लिम्चुङबुङका निर्वाचन अधिकृत तुलराज सुनुवारका अनुसार माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्वर १ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवकुमारी कामी निर्विरोध निर्वाचित भएकी हुन् । 

यसैगरी रौतामाई गाउँपालिका वडा नम्वर १ मा दलित महिला सदस्यमा एमालेबाट उम्मेदवारी दिएकी फुलमाया विक (दियाली) निर्विरोध निर्वाचित भएको रौतामाईका निर्वाचन अधिकृत सुवास भट्टराईले बताएका छन् । उनीहरु दुवैलाई हिजो शुक्रबार निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचन ऐन दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 
 

सुझावित समाचार