भुमे गाउँपालिकामा भत्कियो कांग्रेस–एमाले तालमेल, कांग्रेसले गर्‍यो उम्मेदवारी फिर्ता

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनका लागि रुकुम पूर्वको भुमे गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी परेको थियो । उक्त गठबन्धनअनुसार कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भागबन्डा भएको थियो । तर, अध्यक्षका उम्मेदवारले नै उम्मेदवारी फिर्ता लिएपछि प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवारविहीन भएको छ । 

सत्तागठबन्धनभन्दा बाहिर गएर कांग्रेसले यस गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गरेको थियो । तालमेलअनुसार कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने गरी भागबन्डा गरेका थिए । तर, कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि एमालेबाट उपाध्यक्षमा कमानसिंह डाँगी प्रतिस्पर्धामा छन् । कांग्रेसले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेसनल अर्गनाइजेसनका रतन पुनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । 
  
 

सुझावित समाचार