उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गर्न गठबन्धनको बैठक

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण
उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गर्न गठबन्धनको बैठक

फाइल फोटो ।

उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गर्न सत्तागठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठक जारी छ। कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धन दलको निर्वाचन तयारी र अनुगमन समितिको छलफल अहिले भइरहेको छ।

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ। बैठकमा गठबन्धन दलबाट परेका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगाायतका विषयमा छलफल भइरहेको समितिका एक सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए।

सुझावित समाचार