मुगुमा वडाध्यक्षका दुई उम्मेदवारविरुद्ध उजुरी दर्ता

बिहिबार, १५ बैशाख, २०७९
डिजिटल संस्करण

वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छायाँनाथ रारा नगरपालिकाका दुई उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । छायाँनाथ रारा नगरपालिकाका– ५ का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार जनकबहादुर बुढा र रारा नगरपालिका– ७ का नेकपा समाजवादीका वडाध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाहीविरुद्ध उजुरी परेको हो । 

उनीहरूलाई १५ गते कार्यालयमा हाजिर हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले आदेश दिएको छ । छायाँनाथ रारा नगरपालिका– ५ का वडाध्यक्ष पदका उम्मेदवार बुढाले सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको भन्दै छायाँनाथ रारा नगरपालिका– ५ कै स्वतन्त्रबाट वडाध्यक्षका प्रत्याशी देवेन्द्र रावलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । 

त्यस्तै, वडा नम्बर ७ का अध्यक्षमा उम्मेदवारी दिएका श्यामबहादुर शाहीलाई अवैध काठ चोरी निकासी कसुरसम्बन्धी उच्च अदालत सुर्खेत जुम्लाबाट ३१ चैत ०७३ मा कसुर सजाय भएको भन्दै  छायाँनाथ रारा नगरपालिका– ७ का धर्मेन्द्र शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  दुवै उम्मेदवारलाई आफ्नो सफाइ तथा सबुत प्रमाण साथ १५ गते बिहान १० बजे कार्यालयमा उपस्थित हुन आदेश दिइएको छ । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार