आसन्न स्थानीय तहको निर्वाचनका लागि हुम्लामा ८ सय ३७ जनाको उम्मेदवारी दर्ता भएको छ। जिल्ला निर्वाचन कार्यालय हुम्लाअनुसार २ सय ८५ पदका लागि ८ सय ३७ उम्मेदवारी दर्ता भएको हो।
जिल्ला निर्वाचन हुम्लाका कार्यालय प्रमुख मुक्तिनन्द रावलका अनुसार अदानचुली गाउँपालिकामा अध्यक्ष ४ जना उपाध्यक्ष, ४ जना ताजाकोट गाउँपालिकामा अध्यक्ष ८ जना उपाध्यक्ष ८ चंखेली अध्यक्ष ५ जना उपाध्यक्ष ४ जना सर्केगार्डमा अध्यक्ष,६ जना उपाध्यक्ष ७ जनाको उम्मेदवारी दर्ता भएको छ।
खार्पुनाथ गाउँपालिकामा अध्यक्ष ४ जना, उपाध्यक्ष ९ जना, सिमकोट गाउँपालिका अध्यक्ष ५ जना, उपाध्यक्ष ५ जना र नाम्खा गाउँपालिकामा अध्यक्ष ४ जना, उपाध्यक्ष ५ जना गरी ७९ जना छन्। यस्तै वडाध्यक्षमा अदानचुलीमा २० जना खार्पुनाथमा २२ जना, चंखेलीमा ४१ जना ताजाकोटमा ३१ जना र नाम्खामा २६ जना सर्केगार्डमा ६० जना र सिमकोट गाउँपालिकामा ३० जना वडाध्यक्ष गरी २३० जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।
यस्तै, महिला सदस्यहरु अदानचुलीमा २४ जना, खार्पुनाथमा १७ जना,चंखेलीमा ३४ जना ताजाकोटमा २३ र नाम्खामा १६ जना सर्केगार्डमा ३७ जना सिमकोट गाउँपालिकामा २२ जना गरि १७३ जना महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ।
दलित महिला सदस्यहरूमा अदानचुलीमा १९ जना, खार्पुनाथमा १५ जना,चंखेलीमा ४१ जना ताजाकोटमा १० जना र सर्केगार्डमा २६ जना र सिमकोट गाउँपालिका १९ जना गरी १०९ जना दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। नाम्खा गाउँपालिकामा भने दलित सदस्य शून्य देखिएको छ।
सदस्यहरूमा अदानचुली ३७ जना खार्पुनाथ, ४१ जना चंखेली,७२ जना ताजाकोट ३३ जना नाम्खा गाउँपालिका ३२ जना र सर्केगार्ड,८९, जना र सिमकोट गाउँपालिकामा ४६ जना गरी ८ सय ३७ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।