चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा तीन सय ८५ जनप्रतिनिधिका लागि एक हजार एक सय ४८ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार सुन्दरबजार नगरपालिकामा ५७ पदका लागि सबैभन्दा बढी एक सय ९८ जनाको उम्मेदवारी परेको छ ।
बेँसीसहर नगरपालिकामा ५७ पदका लागि एक सय ७४ जनाको उम्मेदवारी परेको छ । मध्यनेपाल नगरपालिकामा ५२ पदका लागि एक सय ६७ जनाको उम्मेदवारी परेको छ । राइनास नगरपालिकामा ४७ पदका लागि एक सय ७१ जनाको मनोनयन दर्ता भएको छ ।
यस्तै, क्व्होलासोंथर गाउँपालिकामा ४७ पदका लागि ९७ जना, दोर्दी गाउँपालिकामा ४७ पदका लागि एक सय ५५ जना, दूधपोखरी गाउँपालिकामा ३२ पदका लागि ८० जना, मर्स्याङ्दी गाउँपालिकामा ४७ पदका लागि एक सय सातजनाको मनोनयन दर्ता भएको छ ।