मोरङमा ४,३६१ जनाको उम्मेदवारी

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनमा मोरङमा चार हजार तीन सय ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मोरङमा रहेका एक महानगरपालिका, आठ नगरपालिका  र आठ वटा गाउँपालिकामा आइतबार र सोमबार कुल  आठ सय २९ विभिन्न पदका लागि चार हजार तीन सय ६१  जनाले  उम्मेदवारी दर्ता गराएका हुन्। 
 
मोरङमा एक महानगर र  आठ नगरपालिकाका मेयर पदका लागि ८६ जना र उपमेयमा ७७ जनाले उम्मेदवारी दिएका छन्। यसैगरी  आठवटा गाउँपालिका अध्यक्षका लागि ६३ जना र उपाध्यक्षमा  ५२ जनाले  उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन कार्यालय मोरङका अनुसार मोरङमा वडाध्यक्ष पदका लागि  एक हजार एकजना,  महिला वडा सदस्यमा सात सय ५४ जना, दलित सदस्यमा ६ सय ९६ र  खुला सदस्य पदमा एक हजार ६ सय ३२ जनाले उम्मेदवारी मनोनयन गराएका छन्। मोरङमा एक महानगरपालिकासहित आठ नगरपालिका र आठ गाउँपालिकामा  १७ मेयर र अध्यक्ष अनि  १७ उपमेयर र उपाध्यक्षसहित  एक सय ५९ वडाध्यक्ष र ६ सय ३६ वडा  सदस्यसहित जम्मा  आठ सय २९ जनप्रतिनिधि निर्वाचित हुनेछन्।  

सुझावित समाचार