नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाएका छन्। मनोनयन दर्ता सकिएपछि उनले उम्मेदवार चयनलगाायतका कारण आफू सक्रिय राजनीति नै छाड्नेसम्मको सोचमा पुगेको बताएका छन्।
पार्टीमा लामो समयदेखि सक्रिय नेता–कार्यकर्ताभन्दा गुट र आर्थिक आधारलाई हेरेर कांग्रेसले उम्मेदवार चयन गरेको उनको आरोप छ। उनले स्थानीय तहको निर्वाचनलगत्तै सक्रिय राजनीतिबाट बिदा लिनेबारे निर्णय गर्ने प्रतिक्रिया दिएका छन्।
‘सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ !’
सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ!
— Gururaj Ghimire (@ghimire_gururaj) April 26, 2022