जसको टिकट अन्तिममा खोसियो

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

एमालेले शनिबार पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उठाउने निर्णय गरेको थियो । तर, सोमबार कृष्ण थापाले उम्मेदवारी दर्ता गराएका छन् । पौडेलको सार्वजनिक आलोचना भएपछि एमालेले उम्मेदवार फेर्यो । त्यस्तै, इलाम नगरपालिकामा पनि एमालले सुरुमा नरेन्द्रनाथ भट्टराईलाई मेयरको टिकट दिएको थियो । तर, असुन्तष्ट समूहले पार्टी कार्यालयमै तालाबन्दी गरेर विरोध जनाएका थिए । त्यसपछि भट्टराईको टिकट खोसेर धीरेन चेमजोङलाई उम्मेदवार बनाइएको छ । 

कांग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा केशवराज पाण्डेलाई प्रदेश समितिले एकल सिफारिस गरे पनि अन्तिममा उनको टिकट खोसिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको चासोमा पाण्डेको टिकट खोसेर केन्द्रीय संसदीय बोर्डबाट इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, गोरखा नगरपालिकामा कांग्रेसको तर्फबाट विश्वदेव श्रेष्ठले पाएको मेयरको टिकट पुनः राजनराज पन्तलाई दिइएको छ । कार्यकर्ताले असन्तुष्टि जनाएपछि गण्डकी प्रदेश समितिले पन्तलाई अन्तिममा टिकट दिएको हो । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख बन्न मेयरबाट राजीनामा दिएका अमानसिंह तामाङले पनि टिकट पाएनन् । मेयरमा उठ्न तयार उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । चौतारा साँगाचोकगढीको मेयरको टिकट माओवादीले कृष्णप्रसाद सापकोटालाई दिएको छ । विवाद बढेपछि माओवादी कार्यकर्ताबीच झडपसमेत भएको थियो । पोखरामै कांग्रेसले तल्लो कमिटीबाट सर्वसम्मत उम्मेदवार अगाडि सारिएका सुरेन्द्रमान बिजुक्छेको सट्टा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा उपमेयरमा कोपिला रानाभाटको उम्मेदवारी दर्ता भएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार