८० प्रतिशत मतपत्र छापियो, मंगलबारदेखि ढुवानी गरिने

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको करिब ८० प्रतिशत छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक एक करोड ९४ लाख मतपत्रमध्ये ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्र छपाइकाे काम सकिएकाे हाे ।  

सबै जिल्लामा मतपत्रबाहेकका निर्वाचन सामग्री ढुवानी गरिसकेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले मंगलबारदेखि मतपत्र ढुवानी कार्य सुरु गर्नेछ ।   

सम्पादकको रोजाइ

सुझावित समाचार