वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाजको मनोनयन दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

सत्तागठबन्धनका तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा राजेशमान सिंहले मनोनयनपत्र दर्ता गराएका छन्। सिंहले जनता समाजवादी पार्टीबाट मेयर पदमा मनोनयनपत्र दर्ता गराएका हुन्। यस्तै नेपाली कांग्रेसबाट उपमेयरमा इम्तियाज आलमले मनोनयन दर्ता गराएका छन्। 

नेपाली कांग्रेस पर्साका सचिव आलमलाई कांग्रेसले आज उम्मेदवार बनाएको थियो। वीरगन्ज महानगरपालिकामा सत्तागठबन्धन  नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडिरहेका छन्। 

सिंह ०७४ मा निर्वाचनमा तत्कालीन राजपा नेपालबाट मेयरमा चुनाव लडेर पराजित भएका थिए। सिंहको मनोनयन दर्तामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादव सहभागी भएका थिए।
 

सुझावित समाचार