कमल गाउँपालिका उपाध्यक्ष सिवाकोटीको वडा सदस्यमा उम्मेदवारी

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले वडासदस्यमा उम्मेदवारी दिने भएका छन्। उपाध्यक्षबाट राजीनामा दिएर सिवाकोटीले कमल- ६ बाट खुला वडासदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन्। 

नेकपा एमालेले उनलाई कमल- ६ को वडासदस्यमा उठ्न आग्रह गरेपछि उनी वडासदस्यमा उठ्ने भएका हुन्। 

उनी उम्मेदवारी दर्ताका लागि कमल गाउँपालिकाको निर्वाचन कार्यालय पुगेका छन्। एमालेले उनलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने आश्वासन दिएपछि वडासदस्य उठ्न लागेको बताइएको छ। 

यद्यपि सिवाकोटीले भने यसबारे पार्टीले केही नभनेको बताए। पार्टीको सिपाही र जनताको सेवक भएकाले वडासदस्यमा उम्मेदवारी दिएको उनले बताए। ‘पार्टीको सिपाही हुँ। पार्टीले यसपटक वडासदस्यमा उठ भन्यो। म उम्मेदवारी दिन आएको छु,’ उनले भने, ‘म जनताको सेवक हो। जसरी पनि जनताको सेवा गर्नु हो। वडासदस्यमा उम्मेदवारी दिन लाग्दा कुनै हीनताबाेध छैन, अहिले वडासदस्य उठेको छु। पार्टीले भोलि जस्तो जिम्मेवारी दिन्छ बहन गर्न तयार छु।’ 


सिवाकोटी यसअघि स्थानीय निकायमा पनि तत्कालीन लखनपुरको गाविसको उपाध्यक्ष भएका थिए। ०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए।
 

सुझावित समाचार