वीरगन्ज महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट विजय सरावगीले मनोनयनपत्र दर्ता गराएका छन। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा पुरुषोत्तम झाले मनोनयन दर्ता गराएका छन्।
वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडिरहेका छन्। सरावगी निवर्तमान वीरगन्ज महानगरपालिकाका मेयर हुन्। उनी ०७४ सालमा तत्कालीन समाजवादी फोरम नेपालबाट मेयरमा निर्वाचित भएका थिए। जसपाका नेता रहेका सरावगीले अन्तिम समयमा पार्टी परिवर्तन गरेका थिए।