धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट वड र एमालेबाट चन्दको उम्मेदवारी दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा (एमाले)बाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले उपमेयरमा उम्मेदवारी दिएकी छिन्।

धनगढीमा सत्तारुढ गठबन्धनबीच मेयर र उपमेयरमा मात्रै तालमेल भएको छ। मेयर र उपमेयरको भागबन्डा केन्द्रबाटै भएको थियो। वडाध्यक्ष र सदस्यमा भने कांग्रेस, एमाले र एकीकृत समाजवादीले आ–आफ्ना उम्मेदवार उठाएका छन्।

एमालेले पनि मेयर, उपमेयरसहित धनगढीका १९ वटै वडाध्यक्षका लागि मनोनयन दर्ता गरेको छ। एमालेबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्द्रकला रानाले उम्मेदवारी दर्ता गरेकी छिन्। गठबन्धनबीच वडा तहमा सिट बाँडफाँडमा सहमति नभएपछि तीनै पार्टीले आ–आफ्ना उम्मेदवार अघि सारेका हुन्। कांग्रेस नेता प्रभाकर भण्डारीले उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

सुझावित समाचार