विवेकशील साझाबाट भरतपुरको मेयरमा काफ्ले र उपमेयरमा सापकोटाको मनोनयन दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तहकाे निर्वाचनका लागि भरतपुर महानगरपालिकामा  विवेकशील साझाबाट  २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेले मेयरमा मनोनयन दर्ता गराएका छन्।  उपमेयरमा पुष्पा सापकोटाले नाम दर्ता गराएकी छिन्।

मेयरका उम्मेदवार प्रवीण काफ्ले र उपमेयरकी उम्मेदवार पुष्पा सापकोटा इ–रिक्सा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । उनीहरूले हातमा पार्टीको चुनाव चिह्न तराजु पनि बोकेका थिए।
 

सम्पादकको रोजाइ

सुझावित समाचार