काठमाडौंको मेयरका लागि सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन्। राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गराएकी हुन्।  

सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार काठमाडौं महानगरको मेयर पदमा सिंहले उम्म्मेदवारी दर्ता गराएकी हुन् । महानगरको उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले उम्मेदवारी दिँदै छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार