काठमाडौंको मेयरमा केशव स्थापितले दर्ता गरे उम्मेदवारी

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट केशव स्थापितले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यसैगरी एमालेका तर्फबाट महानगरको उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएकी छिन् । दुवैले राष्ट्रिय सभागृहमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । 

स्थापितले काठमाडौंबाट मेयरको उम्मेदवारी दिने भएपछि बागमती प्रदेश सांसदबाट राजीनामा दिइसकेका छन् । स्थापित ०५४ सालमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । त्यसैगरी उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार