नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका रूपमा चिरिबाबु महर्जनलाई अघि सारेको छ। आन्तरिक छलफलपछि सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेकाे बालुवाटार स्रोतले जनाएको छ।
कांग्रेसले विराटनगर महानगरपालिकामा शेखर कोइरालानिकट नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महानगर र उपमहानगरमा प्रतिनिधि चयन गर्ने जिम्मेवारी सभापतिलाई सुम्पेको थियो। महर्जनले आज १ बजे उम्मेदवारी दर्ता गर्ने बताइएको छ।