बेथानचोकमा गठबन्धनबाट भगवान अधिकारी अध्यक्षको उम्मेदवार

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन्। जिल्ला समितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

अधिकारीले आजै उम्मेदवारी दर्ता गर्नेछन्। पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए। उनी नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य, पूर्वजिल्ला अध्यक्षसमेत हुन्।

०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उनी प्रदेश ३ (अहिले बागमती प्रदेश) मा कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका थिए। काभ्रेका १३ स्थानीय तहमध्ये सातवटा पालिकामा कांग्रेस, चार पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरी गठबन्धनमा सहमति भएको थियो।

सम्पादकको रोजाइ

सुझावित समाचार