कांग्रेसद्वारा १४ सदस्यीय संसदीय बोर्ड गठन, अटाएनन् शेखर

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरू १३ जना र रामचन्द्र पौडेल गरी जम्मा १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । 

कांग्रेसको विधानअनुसार स्थानीय तह निर्वाचनमा महानगरका लागि उम्मेदवारको प्रस्ताव गर्ने अधिकार संसदीय बोर्डलाई छ । बोर्डले प्रस्ताव गरेका उम्मेदवारहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गर्नुपर्छ । 
 

सुझावित समाचार