जनकपुरधाम उपमहानगरको मेयरमा जसपाबाट साहले पाए टिकट

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले मेयरमा निवर्तमान मेयर लालकिशोर साहलाई अघि सारेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेकी जसपा कार्यकारणी सदस्य रेणु यादवले आज साहलाई जनकपुरधामको मेयरका लागि पार्टीको आधिकारिक टिकट हस्तान्तरण गरेकी हुन्।

जसपाले मधेस प्रदेशका आठ जिल्लामा टिकट वितरण गर्न ढिलाइ गरिरहँदा जनकपुरधामको मेयरको टिकट भने हस्तान्तरण गरेको छ। टिकट हस्तान्तरण गर्ने क्रममा मधेस प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साह पनि सहभागी थिए।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा साहले मेयरको टिकट पाएका थिए। त्यसवेला उनी २१ हजार नाै सय तीन मतका साथ विजयी भएका थिए। नेपाली कांग्रेसका मनोजकुमार साह सुडीले ११ हजार एक सय ६४, नेकपा एमालेका लक्ष्मीनारायण भगतले चार हजार आठ सय ६५ र संघीय समाजवादी फोरम नेपालका विष्णुदेव साहले तीन हजार ६ सय १२ मत पाएका थिए।

सुझावित समाचार