विराटनगर महानगरपालिकामा पूर्ववडाध्यक्ष माधवराज वाग्लेले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। पदबाट राजीनामा दिएपछि उनले आज १० नम्बर वडाको अध्यक्ष पदका लागि निर्वाचन कार्यालय पुगेर स्वतन्त्रतर्फबाट पहिलो उम्मेदवारी दर्ता गराएका हुन्।
०७४ को निर्वाचनमा वाग्ले निकटतम प्रतिस्पर्धी एमालेका अर्जुन गिरीलाई पराजित गरेर १० नम्बर वडाको अध्यक्षमा निर्वाचित भएका थिए। दोस्रो उम्मेदवारी १० नम्बर वडा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार मोहन साहले दर्ता गराएका छन्। विराटनगर महानगरको १० नम्बर वडामा हाल सात हजार नौ सय मतदाता कायम भएका छन्।