कांग्रेस कार्यसम्पादन समिति बैठक ३ बजेलाई सर्‍यो

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुनः सरेको छ। महानगरका मेयरका उम्मेदवारबारे निर्णय लिन बिहान ११ बजे बोलाइएको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजेका लागि सरेको हो। यसअघि शुक्रबार पनि बैठक स्थगित गरिएको थियो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्नेछ। बैठकमा स्थानीय तह निर्वाचनमा उम्मेदवारीबारेको एजेन्डा राखिएको पौडेलले जानकारी दिए। कांग्रेसको विधानको व्यवस्थाअनुसार महानगरपालिकाका मेयर र उपमेयरको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रलाई छ ।

सुझावित समाचार