हेटौँडा उपमहानगरपालिकाका ३६ जनप्रतिनिधिले दिए राजीनामा

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न हेटौँडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। हेटौँडाका नौजना वडाध्यक्षसहित ३६ निर्वाचित जनप्रतिनिधिले शुक्रबार राजीनामा दिएका हुन्।

राजीनामा दिने वडाध्यक्षहरूमा हेटौँडा– २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नवीन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ र १९ नम्बर वडाका नरनाथ सुवेदी रहेका छन्। यसैगरी, हेटौँडा उपमहानगरकै विभिन्न वडाका २७ सदस्यहरू पनि शुक्रबार नै राजीनामा दिएका छन्।

सुझावित समाचार