चंखेली गाउँपालिकामा माओवादीले गोलाप्रथाबाट छान्यो अध्यक्षको उम्मेदवार

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेको छ । माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको हो । 

गाउँपालिकामा आठ जनाले अध्यक्षमा आकांक्षा देखाएका थिए । सहमति जुट्न नसकेपछि गोलाप्रथाबाट उम्मेदवार चयन गरिएको हाे । गोलाप्रथाबाट उम्मेदवार सिफारिस गरेपछि अध्यक्षका अन्य आकांक्षीहरुले असन्तुष्टि जनाएकाे बताइएकाे छ । 

सुझावित समाचार