मंगलबार नेप्से परिसूचक १३.३७ अंक बढेर दुई हजार ३५७.२४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.६१, फ्लोट इन्डेक्स ०.८६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२० अंकले बढेको छ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। नेप्से परिसूचक उकालो लागे पनि सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने गिरावट आएको छ। सोमबारको कारोबारमा डेढ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचकमा हरियाली भएको छ। मंगलबार १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०९ प्रतिशत बढेको छ। त्यस्तै, होटेल तथा पर्यटन उपसमूहको परिसूचक १.०४ प्रतिशतले बढेको छ।
आजको कारोबारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो समृद्ध लघुवित्त र ग्रिन भेन्चर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता, दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमका आधारमा ६ करोड ३० लाख ६७ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ। हिमालयन डिस्ट्रिलरीको ४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।