बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

बझाङको छबिस–पाथीभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान  छबिस–पाथीभेरा गाउँपालिका– ३ बाहुनडाँडाबाट भाँडेबगर जाने क्रममा छबिस–पाथीभेरा गाउँपालिका– १ मोरीबगरनजिकै से.१ज ६७३ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँका  ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको हो ।

माथि भिरबाट ढुंगा खसेर जिपमा ठोक्किँदा जिप सडकभन्दा झन्डै एक सय ५० मिटर तल सेती नदीमा खसेको थियो । घरबाट भाँडेबगर जाने क्रममा मोरीबगरनजिकै जिप दुर्घटना भई जयबहादुर सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

जिप सेतीनदीमा खसेको हुँदा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको उनको भनाइ छ ।

सुझावित समाचार