नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार बस्ने भएको छ। उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले शुक्रबारका लागि बैठक आह्वान गरेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ०७९ वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकले स्थानीय तहमा कांग्रेसको अवस्था तथा तालमेलका विषयमा छलफल गर्नेछ।