धनुषाका मालपोत प्रमुख पाँच लाख घुससहित पक्राउ

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

 मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनीलकुमार झा पाँच लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार बिहान जनकपुरको भानुचोकबाट पक्राउ गरेको हो । 

धनुषाको धनौजी गाउँपालिकाका एक सेवाग्राहीसँग उनले घुस लिएको आयोगले जनाएको छ । मालपोत कार्यालयमा परेको हक साफ मुद्दाको पक्ष निर्णय गरिदिने भन्दै उनले घुस लिएका हुन् । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

See More On

सुझावित समाचार