६ अर्ब लगानीमा दक्षिणकालीको चाल्नाखेल बोसनमा केबलकार निर्माण हुने

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

काठमाडौंको दक्षिणकाली नगरपालिका–१ को चाल्नाखेल बोसनमा केबलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी इको फ्रेन्ड्ली कम्पनीले केबलकार निर्माणका लागि चम्पादेवीमाताको मन्दिर रहेको डाँडासहित करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको जनाएको छ ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन वर्षमा निर्माण कार्य सम्पन्न भई केबलकार सञ्चालनमा आउनेछ । 

कम्पनीले दक्षिणकाली नगरपालिकाबाट ६ वैशाख ०७६ मा सञ्चालन अनुमति प्राप्त गरी आवश्यक जग्गा खरिद गर्ने कार्य गरिसकेको जनाएको छ । त्यस्तै, खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, पार्किङ एरिया सर्भे गरिएको, रोपवेको सर्भे गरिएको चम्पादेवीमाताको मन्दिर एरिया, माउन्टेन–१ र २ सर्भेको काम सम्पन्न भएको छ । 

केबलकार सञ्चालनका लागि डिजाइन अस्ट्रियन कम्पनीबाट तयार गरिएको छ । कम्पनीका अनुसार यहाँ ल्याइने केबलकार युरोपियन केबलकार हुनेछ । केबलकार प्रोजेक्ट निर्माण गर्न करिब ६ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । कम्पनीले ०७९ अन्त्यमा सुरु गरेर ०८१ को अन्त्यमा केबलकार सञ्चालनमा ल्याउने योजना छ ।  
 

See More On

सुझावित समाचार