फोनपेले २० जनालाई सगरमाथा घुमाउने

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमन्ेट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसर पारेर २० जना ग्राहकलाई हेलिकोप्टरमा सगरमाथा घुमाउने भएको छ । कम्पनीले चैत ३० गते नयाँ वर्षको पूर्वसन्ध्यामा फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीका लागि योजना ल्याएको हो । 

अफरअन्तर्गत न्यू इयर इभका दिनमा फोनपेमार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले सगरमाथा घुम्न पाउने जनाइएको छ । विजेताले हेलिकोप्टरमार्फत सगरमाथा घुम्नुका साथै नाम्चे बजारनजिक रहेको होटेल एभरेस्ट भ्यूमा ब्रेक फास्ट गर्ने अवसर पाउने जनाइएको छ । डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुने जनाइएको छ । विजेता चयन गोलाप्रथामार्फत घोषणा गरिने कम्पनीले जनाएको छ । 

त्यस्तै, सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन् । सोही दिन एनआइसी एसिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबि बैंक, मेगा बैंक, सन्राइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपेमार्फत क्युआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने उल्लेख छ । यसैगरी भोजडिल, फुडमान्डु, सेल्सबेरी, डेली ग्रोसरी, खानपिनलगायतका ठाउँमा क्युआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाइल एप्सबाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार