सद्‍गुरु भन्छन् : मलाई समर्थन नगरे पनि हुन्छ तर माटोको बारे केही बोल्नुहोस्

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

जग्गी वासुदेव सद्‌गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने बताएका छन्। जेनेभामा आयोजित कार्यक्रममा उनले माटो जोगाउन सबैको ऐक्यबद्धता र आवाज आवश्यक भएको बताए।

‘माटो जोगाऔँ’ अभियान सद्‌गुरुले गत महिनादेखि सुरु गरेका थिए। सय दिने अभियानको १६औं दिन उनी रोमबाट जेनेभा पुगेका छन्। ‘मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु,’ उनले भने। उनले विश्व समुदायलाई माटो जोगाउनको लागि अपिल गर्दै हाम्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै भएको बताए। 

यही गतिमा माटो खराब भइरहे खाद्य संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघले पनि चेतावनी दिइसकेको बताउँदै उनले यसको कारण अबको केही दशकमा पूरै विश्व निकै क्रुर द्वन्द्व र हिंसामा फस्न सक्ने बताए।

माटो जोगाऔँ अभियानको उद्देश्य विश्वभरिका नागरिकहरूलाई आफ्नो राष्ट्रमा माटोको विनाशलाई रोक्नेतर्फ आवाज उठाउनको लागि एकत्रित गर्नु हो। ‘विश्वभरि माटो खराब हुँदै गएको स्थितिलाई रोक्न र उल्टाउनको लागि नीति निर्माणको काम अहिल्यै हुनुपर्छ, न कि भोलि,’ उनले भने।

आफ्नो अभियानको १ सय दिनमा विश्वका ३-४ अर्ब मानिसहरूले यसबारे बोलून् भन्ने आफूले अपेक्षा गरेको उनले बताए। ‘तपाईंले मलाई समर्थन नगरे पनि हुन्छ तर हरेक दिन माटोको बारेमा केही बोल्नुहोस्,’ उनले भने।

सुझावित समाचार