फोहोरको डंगुरमा सालनालसहितको नवजात शिशुको शव फेला

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण

काठमाडौंको मैतीदेवीमा सालनालसहितको शिशुको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– ३० मैतीदेवीस्थित धोबीखोला करिडोर सडकखण्डको छेउमा थुपारिएको फोहाेरको डंगुरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको हो । महानगरीय प्रहरी वृत्त, मालीगाउँबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीद्वारा  रितपूर्वकको शव जाँच प्रकृति मुचुल्का उठाएर शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त, मालीगाउँबाट थप अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार