स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरिसकेको छ । बिमाको दायरामा सबै नेपाली आउने हो भने स्वास्थ्योपचार निकै सहज हुने हाम्रो आकलन छ,’ उनले भने ।
मन्त्री खतिवडाले पत्रकारहरूको स्वास्थ्योपचारका लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न आफू सकारात्मक रहेको बताए । श्रमजीवी पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीिमा यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले आफूलाई चिन्तित बनाएको बताए ।