स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार देशभरि नै सो उमेर समूहका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो।
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउन आग्रह गरेको छ। उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ। उनले यस अभियानपश्चात् अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने जानकारी दिए। रासस