डिजिटल भुक्तानी सेवाप्रदायक ब्रान्ड ‘आइएमई पे’ले सञ्चालन गरेको ‘उत्सवको बहार, दुबई घुम्ने उपहार’ नामक योजनाको उपहार कैलाली र सिमराका काउन्टरले जितेका छन् । दसैँ, तिहार र छठलाई लक्षित गरी लागू गरिएको योजनामा धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकारले उपहार जितेका हुन् ।
कार्यक्रममा दुई जोडीलाई चार रात पाँच दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । कोभिडका कारण बाहिरी देश भ्रमणका लागि उपर्युक्त समय नभएका कारण सोही भ्रमणका लागि लाग्ने खर्चबराबर प्रत्येक विजेतालाई एक लाख ५० हजार रुपैयाँका दरले तीन लाख रुपैयाँ उनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ ।
आइएमई काउन्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएको जनाइएको छ । ‘आइएमई पे’को करिब ३५ हजार एजेन्ट आउटलेट सञ्जाल रहेको जनाइएको छ । यो आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।