सरकारमा सहभागी हुन छलफल चलिरहेको छ : महन्थ ठाकुर

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण
सरकारमा सहभागी हुन छलफल चलिरहेको छ : महन्थ ठाकुर

फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरेको र छलफल चलिरहेको बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले सरकारमा सहभागी हुन नागरिकता समस्या समाधान र मधेस आन्दोलनका क्रममा नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने बताए ।

ठाकुरले संसद्को आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने वचन प्रधानमन्त्रीले दिएको पनि जानकारी गराए । उनले सरकारले आफूहरूको मागलाई ठोस रूपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताए ।

ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनै पनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको बताए ।

सुझावित समाचार