इस्लिङटन कलेजले उत्पादन गर्‍यो साढे पाँच हजार जनशक्ति

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

 इस्लिङटन कलेजले स्थापनाको २५ वर्षमा पाँच हजार पाँच सयभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरेको छ । सन् १९९६ मा स्थापना भएको कलेजले आइटी र व्यवस्थापन संकायमा साढे पाँच हजार दक्ष जनशक्ति उत्पादन गरेको हो । 

कलेज स्थापनाको रजत जयन्तीको अवसरमा कलेजले यो जानकारी दिएको हो । कलेजमा कार्यरत तीन सयभन्दा बढी प्राध्यापक र कर्मचारी विद्यार्थीको सफलताका लागि सक्रिय रहेको कलेजको भनाइ छ । हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएको कलेजको दाबी छ । 

इस्लिङटन कलेजबाट उत्तीर्ण भएका विद्यार्थीको नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएको कलेजको दाबी छ । स्वदेशमा मात्र नभई विदेशमा पनि उनीहरूको प्रदर्शन अब्बल दर्जाको हुने गरेको जनाइएको छ । कोटिभिटीका प्रबन्धक वरिष्ठ इन्जिनियर सुशील जाकिबन्जाले इस्लिङटनबाट उत्तीर्ण भएकाहरू प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व रहेको र उनीहरूमा विशेष ज्ञान रहेको बताए । 

आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइअनुकूल कक्षाकोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार रहेको कलेजले जनाएको छ । 

सुझावित समाचार