चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या अज्ञात

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण
चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या अज्ञात

प्रतिकात्मक तस्बिर ।

एक सय ३३ जना यात्रु बोकेको चीनको यात्रुबाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या भने अहिलेसम्म अज्ञात रहेको  राज्य प्रसारक सिसिटिभीले सोमबार उल्लेख गरेको छ।

बोइङ– ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहरनजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। रासस/एएफपी

सुझावित समाचार