नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयबाट योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका योग्य व्यक्तिले चैत ११ सम्म दरखास्त दिन सक्नेछन्। आवेदन खुलेसँगै तोकिएका प्रहरी कार्यालयहरूमा इच्छुक व्यक्तिहरूको भिड लागेको छ।
म्यादी प्रहरीका लागि आवेदन खुलेसँगै महानगरीय प्रहरी परिसर टेकुमा आवेदन दिनेको भिड देखिएको छ।






