राजर्षि जनक कपमा आज एनआरटी र ग्लोबल बिएफसी भिड्ने

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीमा जारी छैटाैँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा आज ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र केबिए ग्लोबल बिएफसी चितवन खेल्दै छन्। बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने खेल खेल दिउँसो ३ बजे सुरु हुनेछ। जारी प्रतियोगिताको तेस्रो खेलका लागि एनआरटी र केबिए ग्लोबल बिएफसी मैदान उत्रन लागेका हुन्।

दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रनेछन्। प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लबसहित १२ वटा टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिएका छन्।
 

सुझावित समाचार