होली खेल्ने क्रममा घरको साढे दुई तलामाथिबाट खस्दा एक किशोरी गम्भीर घाइते भएकी छिन्। बिहीबार दिउँसो साथीभाइसँग होली खेल्ने क्रममा बौद्धस्थित एक घरको साढे दुई तलाबाट खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन्।
रमाइलो गर्ने क्रममा ती किशोरी भुइँमा खसेको महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए। मैनालीका अनुसार घाइते चौलागाईंको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ।