कांग्रेस जिल्ला अधिवेशन : सप्तरीमा मतदान रोकियो

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदान प्रक्रिया रोकिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो ।

साँझ ५ बजे विवाद भएपछि मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र नै च्याताच्यात भएपछि मतदान रोकिएको हो ।

कुल २ हजार ५३५ मतदाता रहेकोमा साँझ ५ बजेसम्म ७ सय जनाले मात्र मतदान गरेको बताइएको छ । मतदान प्रक्रिया अघि बढाउने सहमतिको प्रयास भइरहेको बताइएको छ ।
 

सुझावित समाचार