हङकङका गृह मामिला सचिव हटाइए

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

चीनको स्टेट काउन्सिल (राज्य परिषद्)ले हङकङको गृह मामिला सचिवको पदबाट सुई यिङ वाईलाई हटाउने घोषणा गरेको छ । हङकङका प्रमुख कार्यकारी क्यारी लामको सिफारिसका आधारमा स्टेट काउन्सिलले यो निर्णय गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 
चीनको हङकङ प्रशासनको आधारभूत कानुनअनुसार यो निर्णय भएको चिनियाँ सञ्चारमाध्यमको भनाइ छ । एक साताअघि उनलाई हटाइएको हो । लामले बेइजिङलाई उनको गृह मामिला प्रमुखलाई हटाउन आग्रह गरेकी थिइन् । गृहसचिव सुईले ओमिक्रोन भाइरसका समयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको हङकङ प्रशासनको आरोप छ । ‘महामारीविरुद्ध लडाइँको नेतृत्व लिने प्रमुख अधिकारीहरूमध्ये एकका रूपमा मैले राम्रो उदाहरण स्थापित गर्न सकिनँ’ सुईले बताएकी थिइन् । 
महामारीकै बीचमा उनी एउटा जन्मदिवसको कार्यक्रममा आयोजित भोजमा सहभागी भएकी थिइन् । त्यसलाई चीनको हङकङ प्रशासनले ठूलो मुद्दा बनाएको थियो । 

सुझावित समाचार