युक्रेनमा रहेका नेपालीहरुको नि:शुल्क उद्धार गर्न अखिल क्रान्तिकारीको माग

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले युद्ध ग्रस्त युक्रेनबाट नेपाली नागरीकको अबिलम्ब उद्धार गर्न माग गरेको छ ।  शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारि गर्दै  सरकारसँग युक्रेनमा रहेका नागरिकमाथी सुरक्षा चुनौति बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन माग गरेकी हुन् । 

 विदेशी भुमिमा  रहेका आफ्ना नागरिकमाथी युद्ध , प्राकृतिक विपत्ति महामारी आदीका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउ-धनको रक्षा गर्ने  कर्तब्य राज्यको हुने भन्दै अविलम्ब उद्धार कार्य गर्न भन्दै विज्ञप्तिमा  संकटमा परेका नागरिकका लागी राज्यले सुरक्षित रहनुस  भन्दै केबल बिज्ञप्ति निकाल्नु पर्याप्त नहुने बताए ।  

क्रान्तिकारी विद्यार्थीले  विज्ञप्तिमार्फत कुटनीतिक  पहल गर्न र आर्थिक लगायत प्रबन्ध गरि अफ्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार गरे । 

सुझावित समाचार