प्रचण्ड र वामदेव गौतमबीच एक वर्षपछि भेट, एमसिसीको विषयमा छलफल

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको एक वर्षपछि भेट भएको हो। गौतमले एमसिसी परियोजना फिर्ता लैजानुपर्ने धारणा राख्दै आएका छन्। माओवादी केन्द्रले एमसिसी पारित गर्न संशोधन गर्नुपर्ने बताउँदै आएको छ।

दुई नेताबीच एमसिसी परियोजनाको विषयमा छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी संसदबाट जसरी पनि पारित गर्नुपर्ने अडानमा छन्। देउवाले एमसिसी पारित गर्नका लागि प्रतिपक्षी नेकपा एमालेसँग पनि निरन्तर छलफल चलाइरहेका छन्। 

सुझावित समाचार