एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् । 

तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् ।

नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ ।

सुझावित समाचार