४७६ संक्रमित थपिँदा ८३१ जना निको भए

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना काेराेना संक्रमित थपिएका छन्। नौ हजार ४२४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट ६ हजार ६०४ र एन्टिजेन विधिबाट दुई हजार ८२० नमुना स्वाब परीक्षण गर्दा क्रमशः २९९ र १७७ संक्रमित थपिएका हुन्।

यस अवधिमा तीन संक्रमितले ज्यान गुमाएका र ८३१ संक्रमित निको भएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मंगलबार एक लाख सात हजार १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ७४७ मा झरेको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार