पेट्रोलियम पदार्थको विकल्प खोज्न सरकारले गृहकार्य गरिरहेको छ : ऊर्जामन्त्री भुसाल

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने विषयमा सरकारले गृहकार्य गरिरहेको बताएकी छन् । सोमबार विद्युतीय साधनको प्रयोगमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

पेट्रोलियम पदार्थको विकल्पबारे गम्भीर भएर सोच्नुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, ‘म अहिले सकारात्मक ढंगले सोच्छु । मन्त्रालयमा अहिले बजेटको अभाव छ । नेपाल सरकारले अर्थ मन्त्रालयलाई भनेर बजेट उपलब्ध गरायो भने यो काम गर्न म तयार छु ।’

अनेरास्ववियुले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनाबद्ध रूपमा काम गर्न सरकारलाई आग्रह गरेको छ । विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसमा निःशुल्क इन्डक्सन चुलो पुर्याउन पनि अनेरास्ववियुले सरकारसँग माग गरेको छ । 

सुझावित समाचार